सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा मुख्य कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शनिबार निशुल्क दन्त शिविरको आयोजना गरेको छ ।
केडिया डेन्टल कलेज बिरगञ्ज र नेपाल डेन्टल केयर सेन्टर सिमराका दन्त चिकित्सकहरुको समुहबाट नगरको डुमरवाना स्थित डुमरवाना बहुमुखी क्याम्पसमा एक दिने सो शिविरको आयोजना गरिएको हो ।
शिविरमा कबिर ५ सय जनाले निशुल्क दाँत परिक्षण गराएका छन् । दाँत परिक्षण गर्न आउने सबैलाई सहकारीले एक एक थान दाँत माझ्ने ब्रस र पेस्ट समेत निशुल्क बितरण गरेको छ ।
हातोमालो साकोस उत्कृष्ठ सहकारीका रुपमा स्थापित हुँदै सामाजिक उत्तरदायित्व बहनमा अग्रसर रहेको साकोसका अध्यक्ष यज्ञ बहादुर आलेले बताए ।
Write your Comment