कपाल आकर्षक बनाउन यसो गर्नुस्

रातोघर

 २९ बैशाख २०७६, आईतवार ०६:४१  मा प्रकाशित
२०९ पाठक संख्या


काठमाडाैं ।

सुन्दरतासँगै जोडिन्छ, कपाल । महिला र पुरुष कपाल स्वस्थ र आकर्षक बनाउने उपायबारे सोच्छन्, खोज्छन् । धाउँछन् अनेक अस्पताल । तर पनि कपाललाई चाहेजस्तो सुन्दर बनाउन सकेका हुँदैनन् ।
कपाल स्वस्थ र सुन्दर बनाउने तरिकाबारे हेयर डिजाइनर विनय अधिकारी भन्छन्ः
१. कपालमा तेलको काम चमक बढाउने हो । तेल एक घण्टाभन्दा बढी राखियो भने कपाललाई असर गर्छ । कपालमा धेरै बेर तेल राख्यो भने कपाल धुँदा तेलसँगै कपालको चमक हराउँछ त्यसैले सकेसम्म कपालमा तेल नलाउँदा राम्रो ।
२. कपालाई तेलले भन्दा सिरमले फाइदा गराउँछ । सिरमले कपाललाई मुलायम र चम्किलो बनाउँछ । नुहाएपछि कपालमा तेलभन्दा सिरम प्रयोग गर्दा फाइदा हुन्छ । सिरमको काम भनेको कपालाई चम्किलो बनाउने हो ।
३. कलरिङ नगरे पनि कतिपयको कपाल सुक्खा हुन्छ । सामान्य अवस्थामै सुक्खा कपालमा ओलिभ या तोरीको तेल लगाउनु उपयुक्त हन्छ ।
४. नुहाउनुअघि टाउकामा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरासम्म भिज्ने गरी औंलाले खेलाएर तेल लगाएर नुहाइयो भने सकारात्मक प्रभाव पार्छ ।
५. सकेसम्म कपालमा तेल नलगाउँदा राम्रो तर लगाउनुपरेमा ननस्टिकी आयल लाउँदा राम्रो हुन्छ ।
६. कपालमा धेरै तातो तेलले मसाज गर्नु राम्रो होइन । तातो तेलले कपालको जरालाई असर गर्छ ।
७.स्याम्पुमा पेयस अत्यधिक हुन्छ । यसले तत्कालका लागि राम्रो देखाए पनि पछि कपाललाई असर गर्दै लैजान्छ । त्यसैले कपाललाई स्वस्थ राख्न सातामा तीनपटक नुहाउनुपर्छ ।
८. डेन्ड्रप भएको कपालका लागि एन्टीडेन्ड्रप स्याम्पुले धुुने । केमिकल प्रयोग भइरहेको हुन्छ र कपालमा हामीले एन्टीडेन्ड्रप स्याम्पु प्रयोग गरिरहेका हुन्छाैं । कपालमा डेन्ड्रप स्याम्पु प्रयोग गर्ने ।

-SHILAPATRA

Write your Comment