खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय

रातोघर

 २९ बैशाख २०७६, आईतवार ०७:२९  मा प्रकाशित
१५० पाठक संख्या



संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए ।

मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए । यो समाचार प्रकाश धौलाकोटीले लेखेका हुन् ।

आजको नयाँ पत्रिकाबाट

Write your Comment