आईपीएल खेलेका सन्दीप आज काठमाडौं आउँदै

रातोघर

 २०७६ बैशाख २९, आईतबार  मा प्रकाशित
४४४ पाठक संख्या


काठमाडौं।

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागीता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (आइतबार) स्वदेश फर्कदै छन्।

उनी एयर इण्डियाको विमानबाट दिउँसो २ : ३५ बजे काठमाडौं आईपुग्नेछन् ।

आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो। शुक्रबार दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आज नेपाल फर्कन लागेका हुन् ।

दिल्लीका १६ मध्ये ६ खेल खेल्ने मौका पाएका सन्दीपले ८ विकेट लिएका थिए । उनले २३ ओभर बलिङ गर्दा २ सय १० रन खर्चेर ८ विकेट लिएका थिए ।

दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले १० खेल खेल्दा दुई खेलमा मात्रै स्थान पाए ।

Write your Comment