विद्युतको तारमा अल्झेर विमान दुर्घटना

रातोघर

 २९ बैशाख २०७६, आईतवार २०:१२  मा प्रकाशित
२५७ पाठक संख्या



वेल्स ।

बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सडकमै विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । सोही कारण त्यस क्षेत्र भएर चल्ने रेल सेवा भने केहीबेर अवरुद्ध भएको थियो ।

Write your Comment