म्युजिक नेपालका म्यानेजर पक्राउ

रातोघर

 २९ बैशाख २०७६, आईतवार २०:२२  मा प्रकाशित
१०१ पाठक संख्या


काठमाडौं ।

म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । प्रतिलिपि अधिकारी सम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले थापालाई आइतवार दिउँसो पक्राउ गरी कारवाही अगाडि बढाएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनलाई पक्राउ गरेको जानकारी दिए ।

थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment