काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २४ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा उपस्थित भए ।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न जिज्ञासाहरुका लागि धन्यवाद ! आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरु वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु ।’
ओलीले संसदमा यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ दलका सांसदहरुले टेबल ठटाउँदै समर्थन जनाए भने प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले भने उठेर विरोध जनाउन थाले । उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।
कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउँदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भनेपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।
त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो । कांग्रेस सांसदहरुले संसदीय मर्यादालाई कायम गर्न निरन्तर सभामुखको ध्यानाकर्षण गराइरहेपनि सभामुखले त्यसबारे केही निर्णय गरेनन् ।
विपक्षी दलका सांसदको नाराबाजीबीच प्रधानमन्त्रीले आफ्नो जवाफ सक्याएका थिए । विरोध चलिरहेकै बेला संशोधनकर्ताको बाट बोल्ने समय पाएका नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आक्रोश पोखे ।
यद्यपी विपक्षीको विरोधका बीचपनि सभामुखले सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । तर, काँग्रेसले त्यसपछिको संसद बैठक र सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्रीले संसदमा बोलेको कुरा रेकर्डबाट हटाइनु पर्ने निरन्तर माग गर्यो ।
निरन्तरको प्रतिपक्षीको विरोधपछि वैशाख १७ गतेसभामुख कृष्णबहादुर महराले ओलीले बोलेको ‘निम्छरो’ लगायतका अमर्यादित शब्द हटाउन निर्देशन दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सभामुख महराले वैशाख २७ गतेको बैठकको शुरूमै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् । सभामुखको निर्देशनप्रति कांग्रेस सांसदले टेबल ठटाएर स्वागत गरेका थिए ।
त्यसलगत्तै नेकपाका खगराज अधिकारीले नियमापत्ति गर्दै सांसदहरूबाट प्रयोग भएका असंसदीय शब्द हटाउन माग गरे । लगत्तै महराको निर्देशनमा सांसदहरुको जिज्ञासाका क्रममा प्रयोग भएका सबै असंसदीय शब्द हटाउन निर्देशन दिएका थिए ।
के हो ‘निम्छरो’को अर्थ ?
नेपाली बृहद शब्दकोशअनुसार निम्छरोको अर्थ धन, वुद्धि, विद्या आदि सबै कुराबाट नाजकु स्थितिको अर्थात कमजोर भन्ने बुझिन्छ । यस्तै दुब्लो–पातलो वा निर्वलियो भन्ने अर्थ पनि लाग्छ । यही शब्दमा आपत्ति जनाउँदै काँग्रेसले विरोध गरेको थियो ।
यस्तै आक्रोशको अर्थ क्राधेपर्वूक कठोर वा कर्कश स्वरमा गरिने भत्सर्ना भन्ने लाग्छ भने कुण्ठा भन्नाले कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना भन्ने अर्थ लाग्छ ।
नेपाली बृहद शब्दकोशमा आक्रोश, कुण्ठा र निम्छरोको अर्थ यस्तो छः
आक्रोश— ना० (सं०) १. क्राधेपर्वूक कठोर वा कर्कश स्वरमा गरिने भत्सर्ना । २. गाली वा निन्दा गर्दै गरिने सराप । ३. चिच्च्याहट । ४. रिस; जङ ।
कुण्ठा— ना (सं) १. कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना । २. प्रगतिका कार्यमा बाधा पु¥याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव । ३. बाधा– अड्काउ; अवरोध । — ग्रस्त— वि० लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेको; प्रतिभा नपुेरेको; कुण्ठाले युक्त; कुण्ठित । कुण्ठित— वि० (सं०) १. हे० कुण्ठाग्रस्त । २. धार दोब्रिएको; भुत्ते (हतियार) । ३. मन्दबुिद्ध भएको । ४. बीचमै राेिकएको; अवरुद्ध
(विचार, भावना आदि) ।
निम्छरो— वि० (सं) निम्नस्तर) १. धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजकु स्थितिको; कमजोर । २. दुब्लो–पातलो; निर्बलियो ।
प्रमले माफी माग्नुपर्ने जिकिर
यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा माफी माग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले संसदमा बोलेको आपत्तिजनक भएको ठहर गर्दै सभामुखले संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुले प्रधानमन्त्रीले संसदमा मर्यादा उलङ्घन गरेको पुष्टि भएको भन्दै पौडेलले ओलीले संसदसमक्ष माफी माग्नुपर्ने बताएका हुन् ।
शनिबार नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीको कास्कीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सभामुखले रेकर्डबाट हटाउनु भनेकै प्रधानमन्त्रीको गल्ती भएको पुष्टि हुनु हो । अब प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ ।’
प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले मनपरी बोल्दै हिँड्ने छुट नभएको तर्क गर्दै पौडेलले संसदमा उपस्थित भएर प्रधानमन्त्रीले गल्ती स्वीकार्दै माफी माग्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दललाई पेलेर जाने नीति लिइरहे आफैं नांगिएर जाने पनि बताए ।
यता काँग्रेस सभापति शेरबहादुर देउवाले भने असंसदीय शब्दलाई तत्काल हटाउन सभामुखले हिम्मत गर्न नसकेको आरोप लगाए । शनिबार धनगढीमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले संसद्मा प्रधानमन्त्रीले संसदीय परम्परा बाहिर गएर बोलेको जिकिर गर्दै बोलिएका शब्द ढिलो भए पनि रेकर्डबाट हटाइँदा राम्रो भएको बताए ।
-ratopati
Write your Comment