भारतीय विद्यालयमा निर्भर नेपाली बालबालिका

रातोघर

 ३० बैशाख २०७६, सोमबार ०८:४७  मा प्रकाशित
३४४ पाठक संख्या



काठमाडाैं ।

काँधमा झोला, घाँटीमा विद्यार्थी परिचयपत्र, विद्यालय पोसाक रहेका एक हुल विद्यार्थी शनिबार मध्याह्न भारतीय गाउँ बेलापरसुवाबाट नेपाली बस्ती छिरे । कैलारी गाउँपालिका–७, हौसलपुरका ती विद्यार्थी गथाउँनजिकैको भारतीय विद्यालयमा पढेर घर फर्कँदै थिए ।

विकट बस्ती हौसलपुरमा विद्यालय छैन । गाउँमा विद्यालय नभएपछि नेपाली बालबालिकाहरु बेलापरसुवामा रहेको विद्यालय सरस्वती शिशु मन्दिरमा पढ्न जान्छन् । र, विद्यालयमा हरेक दिन भारतको राष्ट्रिय गीत गाउँछन्– जन, गण, मन अधिनायक जय हे, भारत भाग्य विधाता…।

भारतमा निर्भर रहेको यो बस्तीका बालबालिकाले नेपालको राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली…’ गाउन त के, सुनेका पनि छैनन् । ‘नेपालको आउँदैन, भारतको राष्ट्रिय गान कण्ठ छ,’ सरस्वती शिशु मन्दिरमा कक्ष आठमा अध्ययनरत विमला चौधरीले हिन्दीमै भनिन्, नेपालको राष्ट्रिय गीत कहिल्यै गाएकै छैन, कहाँबाट आउनु ?’

आजको नयाँ पत्रिकाबाट

Write your Comment