काठमाडौ ।
राष्ट्र निर्माण मन्च नेपालको आयोजना र तारकेश्वर नगरपालिकाको सहकार्यमा भुकम्पपछिको पुननिर्माण र स्थानीय सरकार सन्चालन विधि सम्वन्धि आवासीय तालिम सम्पन्न भएको छ ।
नगरकोटमा सम्पन्न तालिमको उद्घाटन सत्रमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले जनताको सेवा प्रवाह र नगरपालिकाको कार्यसम्पादनलाई सहयोगी विषयवस्तु समावेश भएकाले सार्थक तवरले ग्रहण गर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्र निर्माण मन्च नेपालका अध्यक्ष एवम् अधिवक्ता निर्मल कुमार उप्रेतीले देश एकात्मक राज्य व्यवस्था बाट संघात्मक राज्य व्यवस्थामा गएको परिप्रेक्ष्यमा स्थानीय सरकार सवल बन्दा जनतामा पनि सजह सेवा प्रवाह हुने बताए ।
तालिममा भुकम्पपछिको पुननिर्माणलाई सार्थक बनाउन र स्थानीय सरकारको कार्यसम्पादनमा तालिम सहयोगी हुने उनको बिश्वास छ ।
सो अवसरमा राष्ट्रिय सुचना आयोगकी आयुक्त यशोदा तिम्सिना, अधिवत्ता सुर्यप्रसाद कोइराला, अधिवत्ता वसन्त आचार्य, उमा थापा, राष्ट्रिय पुननिर्माण प्राधिकरणका गुनासो शाखा प्रमुख लाल बहादुर बस्नेत, अधिवत्ता अनिल श्रेष्ठ र अभिवक्ता शुशिल सुवेदीले बिषयगत कक्षा संचालन गरे ।
तालिममा कार्यपालिका सदस्य र कर्मचारी गरि ३७ जनाको उपस्थिति थियो। यस्तै तालिम ललितपुर, काभ्रे, दोलखा, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकका विभिन्न १० स्थानीय सरकारलाई समेत प्रदान गरिने राष्ट्र निर्माण मन्च नेपालका सुचना अधिकारी सुवास तिमिल्सिनाले बताए ।
-shilapatra
Write your Comment