संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पत्रकार सम्मेलन गरी साझा विवेकशीलले सरकारको डेढ वर्षे कार्यकाल अलोकपि्रय भएको भन्दै असफलता लुकाउन मिडिया नियन्त्रणमा लागेको दावी गरेको हो ।
हालै संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध भएको भन्दै तत्काल फिर्ता गर्न साझा विवेकशीलले माग गरेको हो ।
मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्ठा अनुदार लोकतन्त्र उन्मुख भएको भन्दै पार्टीले सरोकारवालाहरुसँगको परामर्शमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानून निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।
यसअघि आइतबार नेपाली कांग्रेसले पनि पत्रकार सम्मेलन गरी सरकारले प्रेस स्वतन्त्रतामाथि कू गरेको भन्दै मिडिया काउन्सिल विधेयक संविधान विपरीत भएको बताएको थियो ।
-onlinekhabar
Write your Comment