एक्स ब्याइफ्रेन्डसँग भेट भएपछि फिल्म छोडेर हिँडिन् सारा

रातोघर

 ३० बैशाख २०७६, सोमबार १७:३१  मा प्रकाशित
२४४ पाठक संख्या



मुम्बई ।

बलिउड कलाकार सारा अली खान हालै अनन्या पाण्डेको डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ हेर्न हलमा पुगेकी थिइन् । तर स्क्रिनिङको समयमा यस्तो भयो कि, जसकारण साराले अनन्यालाई बाइ भनेर त्यहाँबाट बिदा भइन् । फिल्म हेर्न हल पुग्दा त्यहाँ साराको भेट उनका भूतपूर्व ब्याइफ्रेन्डसँग भयो ।

भारतीय समाचारका अनुसार सारालाई यो पनि थाहा थियो कि, अनन्या पाण्डेको गेस्ट लिस्टमा को को थिए, उनलाई यो पनि थाहा थियो, उनको एक्स ब्याइफ्रेन्ड वीर पहारियासँग पनि भेट हुनेवाला थियो । सारा इभेन्टमा त आइन् तर केही समयमै त्यहाँबाट हिँडिन् ।

वीर पहारिया, पूर्व गृहमन्त्री सुशील कुमार सिन्देका नाति हुन् । वीरसँग डेटिङको खबर आएपछि साराले एक अन्तर्वार्तामा आफूहरू केही समय सम्बन्धमा रहेको स्वीकारेकी थिइन् ।

पछि साराले ब्रेकअपपछि खासै फरक नपरेको तर यो सम्बन्ध जोडिन नसकिएको बताएकी थिइन् । जब ‘स्टुडेन्ट अफ द इयर २’ को स्क्रिनिङमा साराको भेट वीरसँग भयो, यी दुईले हाइ हेलो त गरे तर सारा त्यहाँ धेरै बेरसम्म रोकिन सकिनन् ।

पछिल्लो समय साराको नाम कार्तिक आर्यनसँग जोडिएर आएको छ । पछिल्लो समय यी दुईले फिल्म ‘लभ आजकल २’ मा एकसाथ काम गरिरहेका छन् ।

-khabarhub

Write your Comment