सरकारले प्रेसमाथि अङ्कुश लगाउन खोज्योः पौडेल

रातोघर

 ३० बैशाख २०७६, सोमबार २०:१३  मा प्रकाशित
१४१ पाठक संख्या



चितवन । 

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार निरङ्कुश हुन खोजेको आरोप लगाएका छन् । नेता पौडेलले सरकारले दुई तिहाइको दम्भ देखाएर प्रेसमाथि अङ्कुश लगाउन खोजेका बताएका हुन् ।
नेपाल शिक्षक सङ्घ चितवनको ३० औं स्थापना दिवसको कार्यक्रममा उनले सरकारको यो प्रयासलाई असफल बनाउने पनि बताए । उनले प्रेसमाथि अङ्कुश लगाउने प्रयास संविधानको मर्म विपरीत भएकाे भन्दै सरकारले शाही शासनको झल्को दिन खोजेको पनि बताए ।
सरकारको प्रेस माथि अङकुश लगाउने प्रयास नेपाली काग्रेसले कुनै पनि सर्तमा स्वीकार्य नगर्ने पनि उनकाे भनाइ थियाे । उनले भने, ‘नेकपा सरकारको शाही प्रवृत्ति विरुद्ध जनस्तरबाट नै प्रतिबाद गर्ने समय आएको छ ।’ नेता पौडेलले मानब अधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहत राख्न खोज्नु निरंकुशतावादी सोच भएको पनि बताए ।

-shilapatra

Write your Comment