अंग्रेजी शिक्षाको नाममा विद्यार्थीसँग चर्को शुल्क असुल्दै सामुदायिक विद्यालय

रातोघर

 ३१ बैशाख २०७६, मंगलवार ०८:२७  मा प्रकाशित
३७५ पाठक संख्या



मलंगवा ।

सर्लाहीमा रहेको विभिन्न सामुदायिक विद्यालयहरुले अंग्रेजी शिक्षाको नाममा चर्को शुल्क उठाइरहेका छन् । सर्लाहीको हरिवन, लालबन्दी , ईश्वरपुर, नगरपालिका गरी आधा दर्जन विधालयहरुमा अंग्रेजी पढाउने बहानामा चर्को शुल्क लिदैँ गरेको स्थानिय अभिभावकहरुको गुणासो छ ।

सरकारले अधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क गरे पनि अंग्रेजी माध्याममा पठनपाठन सुरु गराइरहेका जनज्योती माविले अंग्रेजी माध्यामको नाममा विद्यार्थीहरुबाट चर्काे रकम असुल्ने गरेको स्थानिय अभिभावकहरुले गुनासो गरेका छन । जनज्योती माविले अहिले विद्यार्थीहरुबाट सहयोग शुल्कको नाममा प्रति विद्यार्थी १० हजारसम्म रकम लिने गरेको एक अभिभावकले गुनासो गरेका छन् ।

पुस्तक, टाईबेल्ड र सहयोग शुल्कसहित आफुहरुले सो रकम लिने गरेको र आफुहरुले लिने गरेको शुल्क निजि विद्यालयहरुको तुलनामा थोरै भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनिष माझीले बताए । आफुहरुले पुस्तक, टाई बेल्टसहित बार्षिक केही रकम एकमुष्ट लिएको र एकमुष्ट रकम तिर्नु पर्दा अभिभावकहरुलाई केही गाह्रो भएको जनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक राम निवास साहले बताए । आफुहरुले विद्यालय सञ्चालनका लागि अभिभावकहरुबाट सहयोगको लागि केही सहयोग रकम लिएको प्रधानाध्यापक साहले बताए । राज्यले दरबन्दी अनुसारको शिक्षक नपठाएपछि यस्तो अवस्था आएको प्र.अ. साहले बताए ।

त्यस्तै जुटपानीमा रहेको नवजिवन वृद्धा आश्रममा पनि कक्षा १० मा अध्ययनरत प्रति विद्यार्थीको प्रतिमहिना वापत रु ६ सय लिइरहेको छ । ईश्वरपुरमा रहेको नारायण उच्च माविले पनि अंग्रेजी पढाउने बहानामा शुल्क लिईरहेको अभिभावकहरुले बताए ।

दरबन्दी अनुसारको शिक्षक नेपाल सरकारले नपठाएको र विद्यार्थीहरुलाई आफुहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न शुल्क लिइरहेको नव जिवन वृद्धाआश्रमका प्रधाना ध्यापक भोला बहादुर अधिकारीले बताए । उनका अनुसार अहिले निजि विद्यालय भन्दा राम्रो गुणस्तरिय शिक्षा प्रदान गरिरहेका छौँ तर हाम्रो विद्यालयलाई शिक्षक शुन्य, अनुदान रकम शुन्य यहाँसम्म कि पिवन पनि शुन्य भएको अवस्थामा राम्रो शिक्षा दिन शुल्क लिइरहेको प्र.अं अधिकारीले बताए ।

त्यस्तै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामको नाममा चर्काे रकम असुली रहेको समयमा फौदसिंह मावि रानिगंजले र गोडैता नगरपालिकामा रहेको बेनी भोला मा.वि.मा निशुल्क शिक्षा प्रदान भइरहेका छन । अंगे्रजी पढाउने बाहानामा शुल्क लिने विद्यालयहरुले कार्वाही गरिने र दरबन्दी अनुसारको शिक्षक पठाउन पनि पहल गर्ने शिक्षा विकास तथा समन्व ईकाइका प्रमुख रामअधार कुशवाहाले बताए ।

-onekhabar

Write your Comment