बेली डान्सरका रूपमा करिअर अघि बढाएकी सिन्धुपाल्चोककी बिनु शाक्य चलचित्रमा राम्रै फड्को मार्न चाहन्छिन् । ६ वर्षको उमेरदेखि नृत्य गर्दै आइरहेकी बिनुले अहिलेसम्म झन्डै दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी बिनुले अंग्रेजी र पत्रकारितामा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । बेली डान्समा पोख्त बिनु सानैदेखि आफूलाई नृत्य क्षेत्र मन परेको बताउँदै भन्छिन्, ‘सानैदेखि नृत्यमा रुचि भएका कारण सबैले यसै क्षेत्रमा लाग्न सल्लाह दिएकाले यस क्षेत्रमा लागेकी हुँ ।
खासगरी बिनुलाई नेपाली कलाकारिताको क्षेत्रले वेली डान्सरको उपमाले सम्बोधन गर्न थालेको छ भन्दा फरक नपर्ला। युटुवमा हेरेरै वेली डान्स सिकेकी बिनु यूनीसेफको जागिर छोडेर यस क्षेत्रमा प्रवेश गरेकी हुन्।
शुरुका वर्षहरुमा आक्कल झुक्कलमा देख्ने पाइने बिनुलाई पछिल्लो समय स्टेज कार्यक्रमदेखि म्युजिक भिडियोसम्म छाएको देख्न सकिन्छ। अर्को तर्फ मिडियाहरुले पनि उनलाई खोज्न शुरु गरेका छन्। राष्ट्रिय पत्रिका, अनलाइन प्रोटलका समाचार माध्ययम र युटुवमा समेत उनका अन्तरवार्ता हेर्न पाइन्छन्।
गुणस्तर गीतहरुमा मात्रै अभिनय गर्ने विनुको योजना छ। स्टेज कार्यक्रमका लागि विनुका बुबाले ड्रेसको जोडजाम गर्छन। म्युजिक भिडियोको लागि दोस्रो पक्षको रोजाइ अनुसार बिनुले ड्रेस लगाउछिन।
हेर्नुहोस फोटोफिचर ।
Write your Comment