‘कबड्डी कबड्डी कबड्डी’ घोषणा

रातोघर

 १ जेष्ठ २०७६, बुधबार ०९:१६  मा प्रकाशित
२४९ पाठक संख्या



काठमाडाैं ।

चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक निर्माण घोषणा भएको छ । निर्माण टिमले समोबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रकाे घोषण गरेका हुन् ।

रामबाबु गुरुङको पटकथा र निर्देशन रहेको यस चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, कर्म, उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विल्सनविक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपालसमेत छन् ।

‘यसपटक स्वजातीय र अन्तर्जातीय विवाहको कथावस्तुमा निर्माण हुने चलचित्रको छायांकन ५ जेठदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।
पोखरा, घान्द्रुक र मुस्ताङमा चलचित्रकाे छायांकन गरिने भएको छ । चलचित्र भदौदेखि तिहारको बीचमा प्रदर्शन गरिने मिति घोषणा गरिएको छ ।

शिलापत्र

Write your Comment