आयाक्सले जित्यो उपाधी

रातोघर

 २ जेष्ठ २०७६, बिहीबार ०९:२२  मा प्रकाशित
३१३ पाठक संख्या



काठमाडौं ।

नेदरल्यान्डको आयाक्सले सन् २०१४ पछि पहिलो पटक घरेलु लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा डि ग्राफ्सचापलाई ४-१ ले हराउँदै ३४ औं पटक उपाधि जितेको हो ।

गत साता भएको खेलमा इंग्लिस क्लब टोटनह्यामसँग पराजित हुँदै आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो ।

आयाक्सलाई च्याम्पियन बनाउनका लागि डुसान टाडिकले २ गोल गरे भने निकोलास टोग्लियाफिको र सोनीले एक एक गोल गरे ।

युवा खेलाडीले भरिएको आयाक्सले यो जितसँगै ३४ खेलबाट ८६ अंक जोडेको छ भने पीएसभीले समान खेलबाट ८३ अंक जोड्दै दोस्रो भएको छ ।

-shilapatra

Write your Comment