तरकारीको बजार भाउ आकासियो, बिचौलिया हावी

रातोघर

 २०७६ जेष्ठ ३, शुक्रबार  मा प्रकाशित
३१९ पाठक संख्या


काठमाडौं

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवार गोलभेडाको औसत मूल्य ११५ रुपैयाँ प्रति केजी तोक्यो ।

जुन गत महिना भन्दा करिब दोब्बर हो । वैशाख ०३ गते समितिले टमाटरको मूल्य प्रति केजी ६५ रुपैयाँँ तोकेको थियो, ठयाक्क एक महिनापछि (आज) टमाटरको मूल्य ११५ रुपैयाँ पुग्दा, टमाटरको भाउको बहस जताततै चुलिएको छ ।

कलिमाटीको मूल्य सूची निहाल्ने हो भने टमाटर मात्र हाइन प्रायः सवै तरकारीहरुको मूल्य बढेको पाइन्छ । यस वर्ष टमाटरसँगै रायो साग र हिरयो प्याजको मूल्य पनि अत्याधिक नै बढेको छ । बैशाखमा प्रति केजी ६५ रुपैयाँँमा बिक्री भइरहेको रायो साग जेष्ठमा ११५ रुपैयाँँ प्रति केजी पुगेको छ । त्यसैगरी हरियो प्याज पनि ५५ रुपैयाँबाट ११५ रुपैयाँ पुगेको छ ।

गत वर्षको मूल्यसुचीसँग तुलना गर्ने हो भने पनि यस वर्ष तरकारीको मूल्य अत्याधिक नै बृद्धि भएको देखिन्छ । गत वर्ष यही समयमा गोलभेडा प्रति केजी ४५ रुपैयाँ, रायो साग ७५ रुपैयाँ र हरियो प्याज ८५ रुपैयाँले बिक्री भएको थियो । तर यस वर्ष भने अपत्यारियो तबरवाट सवै तरकारीको मूल्यबृद्धि हुँदा उपोभक्ताहरु प्रताडित छन् ।

मूल्य बढ्नुमा भारतको चुनाव र हावाहुरीको प्रभाव

तराईमा आएको आधिहुरीका कारण यस वर्ष पर्याप्त उत्पादन हुन नसकेको आपुर्ति विभागको भनाइ छ । त्यससँगै भारतमा भइरहेको चुनावका कारण सिमाहरु सिल भईदिँदा तरकारी आयत हुन नसकिरहेको आपुर्ति विभागका अधिकारीहरु बताउछन् ।

कलिमाटी तरकारी तथा फलफूल विकास समितिले पनि भारतीय चुनाव र हावाहुरीका कारण तरकारी बजारमा अभाव भएको र खुल्ला बजारको सिद्धान्त अनुरुप मूल्य निधारण भएको जनाएको छ । तर दिनदिनै तरकारीको बजार भाउ आकासिँदा पनि हालसम्म यस विषयमा विभाग र वोर्डले अनुगमन तथा अनुसन्धान गरेको पाइँदैन ।

बिचौलिया हावी भए : उपभोक्ता

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिम्सिना अस्वभाविक तरकारीको मूल्य बृद्धि हुनुमा व्यापारी र बिचौलियाको मिलेमतोमा भएको बताउँछन् । तिम्सिनाले खबरहबसँग कुरा गर्दै भने, ‘किसानले तरकारीको उचित मूल्य नपाएर बारीमै ओइलीरहेको अवस्था छ, बजारमा बिचौलिया हावी हुँदा मूल्य बढ्यो ।’

काठमाडौमा धादिङ, नुवाकोट, काभ्रे, चितवन मकवानपुर र भारतका विभिन्न नाकाबाट तरकारी भित्रने गर्छ । तिम्सिना भन्छन् ‘हामीले विभिन्न जिल्लाका कृषकसँग बुझेका छौ, किसानले खासै तरकारीको मूल्य पाएको छैन भन्ने कुरा आएको छ ।’

तरकारीको वास्तविक मूल्य पत्ता लगाउन उपोभक्त अधिकारे मञ्चको टोली शनीवारबाट देश दौडाहमा जान लगोको अध्यक्ष तिम्सिनाले बताए ।
भारतको चुनावले पनि तरकारीको भाउमा खासै प्रभाव नपर्ने उपभोक्तावादीहरु वताउँछन् । चुनाव ताका संबन्धित क्षेत्रको नाका मात्र बन्द हुने भएकोले अन्य नाकाबाट सजिलै तरकारीहरु आयत हुने उनीहरुको तर्क छ । तिम्सिना भन्छन् ‘चुनाव हुँदा एउटा मात्र नाका बन्द हुने हो त्योपनि ७२ घण्टालाई मात्र, त्यस बाहेक पनि हामीसँग दर्जनौ नाका छन् । यो नियामक निकायको बहाना मात्र हो ।’

तरकारीको भाउ बढ्नुमा आपुर्ति विभाग, तरकारी विकास वोर्ड, व्यापारी र विचौलियाको ठूलो चलखेल रहेको मञ्चले आरोप समेत लगाएको छ । विचौलियकै सेटिङमा बजार अनुगमन र मूल्य बृद्धिबारे अनुसन्धान नभएको उपभोक्ता मञ्चको आरोप छ ।

गेडागुडी र चामल पनि बढ्यो

तरकारीजस्तै गेडागुडी र चामलको मूल्य पनि बढेको छ । दाल चामलमा किलोमा २ देखि ५ रुपैयाँँले बढेको बिक्रेताहरु बताउँछन्  । भारतबाटै मूल्य बढेर आएकोले आफूहरुले पनि मूल्य बढाउनु परेको बिक्रेताको भनाइ छ । कलिमाटी तरकारी तथा फलफूल विकास समितिको तथ्यांकअनुसार फलफूलको मूल्य पनि प्रतिकिलो ३०/४० रुपैयाँँले बढेको छ ।

-khabarhub

Write your Comment