दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई मोहन वैद्यको चेतावनी

रातोघर

 ३ जेष्ठ २०७६, शुक्रबार २०:५५  मा प्रकाशित
२४५ पाठक संख्या



काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् ।

जनमत बदलिने र मुलुकमा जनवादी क्रान्ति पूरा भएरै छाड्ने दाबी पनि उनले गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु’ सार्वजनिक गर्दै वैद्यले भने, ‘सच्चा कम्युनिस्टहरु मुलुकको वैकल्पिक शक्ति हुन्, ढिलै भए पनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गरिन्छ नै ।’

वैद्यले सत्तारुढ नेकपाका नेताहरु संशोधनवाद/अवसरवादमा फसेका आरोप पनि लगाए ।

-shilapatra

Write your Comment