काठमाडौं ।
प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले त्यसमा अंकुश लगाएको समाचार आजको पत्रिकाको मुख्य समाचार बनेको छ । नेपाल समाचारपत्र दैनिकले यो समाचार छापेको हो ।
समाचारमा लेखिएअनुसार गृहमन्त्रालले राजपत्रमा सूचना प्रकाशित गरी केन्द्र सरकारले तोकेको सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले वर्षमा बढीमा ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने व्यवस्था गरेको छ । सोभन्दा बढी दिन बिदा लिनु परेमा संघीय सरकारको अनुमति लिनुपर्ने छ । तर, काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरका सरकारका कार्यालयको हकमा भने सो बिदा लागू हुनेछैन ।
नेपाल समाचारपत्र दैनिक
Write your Comment