काठमाडौंमा हावाहुरीसहित वर्षा, आइतवार र सोमवार पनि मौसममा बदली

रातोघर

 ४ जेष्ठ २०७६, शनिबार १८:५४  मा प्रकाशित
११२ पाठक संख्या


काठमाडौं ।

राजधानीमा हावाहुरीसहित वर्षा भएको छ ।  शनिवार साँझ राजधानी र पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा बदली भएका कारण मध्य र पूवी पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जनाएको छ । विभागका अनुसार आइतवार पनि देशका थोरै स्थानमा अपराह्न मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

आइवार र सोमबारको मौसम पूर्वानुमान यस्तो छ–

जेष्ठ ०५ गते (आईतबार)

दिउँसो: देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भुभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०६ गते (सोमवार)

दिउँसो: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

-khabarhub

Write your Comment