लोकतन्त्रको आवरणमा सरकार निरंकुश बन्दै गयो–नेता केसी

रातोघर

 ४ जेष्ठ २०७६, शनिबार १९:०३  मा प्रकाशित
१९४ पाठक संख्या



काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्न लागि परेको आरोप लगाए ।

राज्यका सम्पुर्ण सम्वैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ती जनाए । उनल मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताए ।

नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिवद्धता जनाए । संविधानको मुल मान्यतालाई पालना गराउन सरकार प्रतिवद्ध रहेको भन्दै उनले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताए ।

 

Write your Comment