कान्स फिल्म फेस्टिभलमा जब निक जोनसले प्रियंकालाई छाता ओढाए…

रातोघर

 ५ जेष्ठ २०७६, आईतवार १८:५४  मा प्रकाशित
४६७ पाठक संख्या



फ्रान्स ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेका छन् । फ्रान्सको कान्समा जारी ७२ औँ फिल्म फेस्टिभलमा यी दुई आफ्नै स्टाइलमा देखा परे ।

तस्वीर: एपी

निकले प्रियंकाका लागि आफ्नो छाता समाएका थिए । यो क्षणलाई रमाइलो क्षणका रुपमा फ्यानले अर्थ्याएका छन् । प्रियंका र निकले पहिलो रेड कार्पेटमा सेतो पोशाकमा सजिएर आएका थिए । यी दुई फ्रेन्च फिल्म ‘द बेस्ट इअर्स अफ माइ लाइफ’ को स्किृङका बेला रेड कार्पेटमा क्याटवाक गरेका थिए । निकले सेतो सुट लगाएका थिए भने प्रियंकाले पनि सेतै गाउन पहिरिएकी थिइन् ।

तस्वीर: रोयटर्स

सामाजिक सञ्जालमा अपलोड गरिएका प्रियंका र निकका तस्वीरलाई फ्यानले रुचाएका छन् भने जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताको कमेन्ट छ, ‘मैले पनि यस्तै पति चाहन्छु ।’

तस्वीर: एएफपी
तस्वीर: रोयटर्स
तस्वीर: एएफपी
तस्वीर: प्रियंका चोपराको इन्स्टाग्राम
तस्वीर: प्रियंका चोपराको इन्स्टाग्राम

Write your Comment