पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा

रातोघर

 ५ जेष्ठ २०७६, आईतवार २१:३१  मा प्रकाशित
२८१ पाठक संख्या


काठमाडौं ।

स्टार खेलाडी केइरन पोलार्ड र ड्वेन ब्राभो वेष्ट इन्डिजको बैकल्पिक खेलाडीमा परेका छन् ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजले आइतबार सार्वजनिक गरेको बैकल्पिक खेलाडीको लिष्टमा पोलार्ड र ब्राभो परेका हुन् । विश्वकप खेल्ने १५ जना खेलाडीको सूचीमा नपरेका यी दुई अलराउण्डर १० खेलाडीको बैकल्पिक सूचीमा भने परेका हुन् ।

पोलार्डले मुम्बई इन्डियन्सलाई यो पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि दिलाउन निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाइनलमा चेन्नाई सुपर किंग्सविरुद्ध अविजित ४१ रन बनाएका थिए । यता ब्राभोले पनि चेन्नाईलाई आईपीएलको फाइनलसम्म ल्याउन अलराउण्डर प्रदर्शन गरे ।

विश्वकपका लागि वेष्ट इन्डिज टिम

जासन होल्डर (कप्तान), क्रिस गेल, केमार रोयच, डारेन ब्राभो, एन्ड्रे रुसेल, शाइ होप, शेल्डन कोट्रेल, इभिन लेविस, शानोन गाब्रियल, कार्लोस ब्रैथवैट, एसले नस, शिम्रन हिटमयर, फवियन एलन, ओशान थोमस र निकोलस पोरन ।

बैकल्पिक खेलाडी 

डवेर ब्राभो, कैइरोन पोलार्ड, सुनिल उम्ब्रिस, जोहन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेस, शान डोर्विच, किमो पाउल, खरी पिइरे र रायमन रेइफर ।

-khabarhub

Write your Comment