बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

रातोघर

 ६ जेष्ठ २०७६, सोमबार ०७:४७  मा प्रकाशित
३९८ पाठक संख्या



स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा आइबरसँग २–२ गोलको बराबरी खेलेको छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोनाका लागि दुई मिनेटमा दुई गोल गरे ।

बार्सिलोनाबाट लोनमा गएका मार्क कुकुरेल्लाले २० औं मिनेटमा गोल गर्दै आइबरलाई अग्रता दिलाएका थिए । तर मेस्सीले खेलको ३० औं र ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा डे ब्लासिसले गोल गर्दैै आइबरलाई फेरि बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र बराबरीमा सकियो ।

आइतबारराति नै भएको अर्को खेलमा रियल मड्रिड भने रियल बेटिससँग २–० ले पराजित भएको छ । यो सँगै ला लिगाका सबै खेल सकिएका छन् । यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई ११ अंकले पछि पार्यो ।

बार्सिलोनाले ३८ खेलबाट ८७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७६ र तेस्रो भएको रियलले ६८ अंक जोडेको छ ।

Write your Comment