चितवन ।
भरतपुर महानगरपालिका–१०, दीपेन्द्रचोकमा बुटवलमा रहेकाे लाइम एन्ड लेमन लाउन्ज क्याफेकाे शाखा खुलेकाे छ ।
विदेश तथा स्वदेशमा विभिन्न विषय अध्ययन गरेका युवाहरुको समूहले ५ करोड लगानीमा भरतपुरमा क्याफे खोलेका हुन् ।
३५० जना क्षमताको क्याफेले अर्गानिक खानालाई प्राथमिकतामा राखेको सञ्चालकहरुले बताएका छन् । लाइभ म्युजिकको मज्जा पनि ग्राहकहरुले लिन सक्ने सञ्चालक निशा ढकाल न्यौपानेले जानकारी दिइन् ।
होटलका लागि आवश्यक आर्गानिक उत्पादनका खाद्यवस्तु पाल्पाबाट ल्याउने याेजना क्याफे सञ्चालकहरुको छ ।
उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधानले क्याफेको उद्घाटन गर्दै विदेशमा सिकेको ज्ञान सीप स्वदेशमा प्रयोग गर्नु प्रेरणादायी भएको बताए ।
यसैबीच, क्याफेले चितवनमा निर्माण हुन लागेको अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोगसमेत गरेको छ ।
टोलको सरसफाइका लागि पनि आम्दानीको केही प्रतिशत छुट्याउन लागेको जानकारी क्याफे प्रमुख सागर पौडेलले दिए । -onlinekhabar
Write your Comment