बारा।
सामुदायिक विद्यालयमा ७५ प्रतिशत मात्रै पुस्तक अनुदान आउने गर्दा समस्या हुने गरेको छ । सामुदायिक विद्यालयले आफ्ना विद्यार्थीका आधारमा पुस्तकको पैसा नपाउने गरेको गुनासो गरेका छन् ।
सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क पुस्तक उपलब्ध गराउँदै आएको छ । यद्यपी सरकारले उपलब्ध गराउने पुस्तकको रकम विद्यार्थीका अनुपातमा कम आउने गरेका छ ।
विद्यार्थीका आधारमा विद्यालयलाई एकमुष्ठ रकम उपलब्ध गराउनु पर्ने हो । तर त्यसो नगरेर कलैया उपमहानगरपालिकाले विद्यालयहरुलाई विद्यार्थीको अनुपातमा पुस्तकको रकममा २५ प्रतिशत कम उपलब्ध गरेको विद्यालयहरुको गुनासो छ । जस्का कारण विद्यालयको पठनपाठनमा असर परिरहेको कलैया नगरपालिका २४ स्थीत रहेको नेपाल राष्टिय माध्यमिक विद्यालय मनहर्वाका प्रधानाध्यापक हरिकिशोर कुँवरले बताए ।
कलैया उपमहानगरपालिकाले विद्यालयलाई विद्यार्थी अनुपात भन्दा २५ प्रतिशत रकम मात्र पठाउँदा करिब ९०० विद्यार्थी अध्यायनरत विद्यालय संचालनमा समस्या भएको उनले बताए । कुँवरका अनुसार त्यसोत तत्तकालिन जिल्ला शिक्षा कार्यालयले समेत त्यसै गर्ने गर्दथ्यो । तर पनी शैक्षिक सुधारका शिर्षकमा समेत केही रकम उपलब्ध गराउँदा पुस्तक ब्यवस्थापन गर्न पुग्दथ्यो । अहिले ती सबै विषयमा रकम आउन छाडेकाले विद्यार्थीहरुमा पुस्तक उपलब्ध गराउन समस्या भएको उनले बताए ।
त्यस्तै कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको नेपाल राष्टिय प्राथमिक विद्यालयकी प्रधानअध्यापक मिना चौधरीले पुस्तकको रकम कमै आएको बताईन् । त्यसैगरी बार्षिक रुपमा प्राप्त हुनु पर्ने छात्रावृति समेत हाल सम्म नआएको चौधरीले जानकारी दिईन् । पछिल्लो समय प्रशासनिक खर्चमा समेत कटौती हँुदा विद्यालय संचालनमा समस्या भएको उनको भनाई छ ।
यता ७१ सामुदायिक र ४० नीजि गरी १११ विद्यालय रहेको कलैया उपमहानगरपालिकामा शिक्षा विभाग प्रमुख प्रलाद बर्णवालले शिक्षा नियमावली अनुसारनै सबैखालका रकम उपलब्ध हुने गरेको बताए । विद्यार्थीको गतबर्षको रेकर्डका आधारमा २५ घटाएर नै रकम पठाउने गरिन्छ । पुस्तक वितरण अपुग भए शोधभर्ना उपलब्ध गराउछौं ,बर्णवालले भने ।
उपमहानगरमा १७ माध्यमिक ११ निम्न माध्यमिक ४३ आधारभुत प्राथमिक विद्यालय गरी ७१ वटा सामुदायिक विद्यालयहरु रहेको उनले बताए । यतीका धेरै विद्यालयको ब्यवस्थापन गर्ने उपमहानगरको शिक्षा शाखा म एक्लैको भरमा छ । यती काम गर्न तत्कालिन शिक्षा कार्यालयमा २० बढी कर्मचारी हुन्थे । म एक्लै छु नभ्याएकै कारण कतीपय विषयका काम समयमा गर्न नसिकएको हो,वर्णवाले भने ।
यता विद्याययहरुका शिक्षकको अभाव हुँदा पठन पाठनमा समेत समस्या भैरहेका विषयमा बुझ्दा शिक्षक अभाव ब्यवस्थापन लामो समयदेखी खट्कीएको विषय हो । २० बर्ष अगाडीको दरबन्दीका भरमा स्कुल ब्यवस्थापन गर्नु पर्ने अवस्था छ ,विभाग प्रमुख बर्णवालले सुनाए ।
Write your Comment