सिमरा ।
जितपुरसिमरा उपमहानगरका महिला जनप्रतिनिधिहरुका लागी क्षमता अभिबृद्धि सम्बन्धि तिन दिने तालिम आजबाट सुरु भएको छ । जितपुरसिमरा उपमहानगरको आर्थीक सहयोगमा कपुरबोट मिडिया प्रालीले सहजिकरण गरेको तालिम सिमरास्थित होटल सिमरा ईनमा तालिमको आयोजना गरीएको हो ।
तालिमको पहिलो दिन आज प्रमुख प्रशिक्षक दिपा दाहालले जिवन रुपान्तरण पद्धती तथा क्षमता अभिबृद्धि बिषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी महिलाहरुले जिवनोपयोगी तालिम आयोजना गरीएकोमा धन्यबाद दिएका थिए । तालिममा सहभागी झण्डै ५० जना महिला जनप्रतिनिधहरुको क्षमता अभिबृद्धि गर्नुका साथै उनिहरुको आत्मविश्वास बढाउनु तथा नेतृत्व बिकाश गर्नु तालिमको मुल उद्धेश्य रहेको मेयर डा.कृष्ण पौडेलले बताए ।
कार्यक्रममा उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, रेडियो सिमराका प्रबन्ध निर्देशक मनोज पौडेल लगाएतको उपस्थिती रहेको थियो । कपुरबोट मिडिया प्रालीका प्रबन्धक सन्तोष देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियो समर्पणकी सुप्रिया ढकालले गरेकी हुन् ।
३ दिने तालिमको दोश्रो दिन भोली मोटिभोस्नल स्पिकर रोहित मल्लले प्रशिक्षण दिनुहुनेछ भने अन्तिम दिन प्रशिक्षक संगम महत र जितपुरसिमरा उपमहानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईले प्रशिक्षण दिनुहुने कपुरबोट मिडिया प्रालीका प्रबन्धक देउजाले बताए ।
Write your Comment