भारतमा आज मतगणना, कसले मार्ला बाजी ?

रातोघर

 ९ जेष्ठ २०७६, बिहीबार ०६:४०  मा प्रकाशित
४६७ पाठक संख्या



भारतमा १७ अौं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना आजबाट शुरु हुने भएको छ ।

गणना बिहीवार विहान ८ बजबाट शुरु हुने बीबीसीले जनाएको छ ।

यो चुनावमा पहलो पटक वीवीप्याट को प्रयोग गरिएको छ ।जसका कारण नतिजा आउन केही समय लाग्ने छ ।

मतगणना शुरुआत हुनु भन्दा पहिला केहि बिपक्षी दलले
ईवीएमलाई लिएर चिन्ता ब्यक्त गरेका थिए ।

उनीहरुले शत प्रतिशत वीवीप्याट (वोटर वेरिफियेबल पेपरऑडिट ट्रायल) पर्चिलाई मिलाउन माग गरेका थिए । तर विपक्षी दलको माग सर्वोच्च अदालतले खाेरेज गरेको थियो ।

लोकसभाको ५४३ मध्ये ५४२ सिटमा भएको  चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । ७ चरणमा भएको चुनावमा ९० करोड मतदाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए ।

मतगणना अघि सार्वजनिक भएका सर्भेक्षणहरुले सत्तारुढ भाजपाले जित्ने देखाएको छ ।

-एजेन्सी

Write your Comment