कतार विश्वकपमा ४८ देश नहुने -फिफा

रातोघर

 ९ जेष्ठ २०७६, बिहीबार ०६:४५  मा प्रकाशित
२८५ पाठक संख्या



सन् २०२२ को विश्व कप फुटबलमा ४८ देशलाई खेलाउने योजनाबाट फिफा पछि हटेको छ ।

विश्व फुटबलको सर्बोच्च निका फिफाका अध्यक्ष गानि ईन्फाटिनोले गत वर्ष विश्वकप फुटबलमा सहभागि देशको संख्या वढाउने योजन २०२६ बाट सारेर २०२२ को  कतार विश्वकपमा नै लागू गर्ने जनाएका थिए ।

यो परिवर्तनपछि कतारले छिमेकि देश संग सहकार्य गर्नु पर्ने अवस्था सृजना भएको थियो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘गहन र व्यापक परामर्श प्रक्रिया “परिवर्तन” अब बनाउन नसकिने ” जनाएको छ ।

फिफाले भनेको छ, ‘उसले आफ्नो क्षमताको आधारमा ४८ टीम टूर्नामेन्टको आयोजना गर्ने कतारको सम्भावना पत्ता लगाएको थियो तर यो योजनालाई अगाडि बढाउने फैसला गरिएको छैन किनकि ‘सम्भावित व्यबस्थापन विस्तृत मूल्यांकन का लागि” पर्याप्त समय थिएन ।’

कतारले भने आफु ४८ टिम सहभागि हुने खेलको लागि सधै तयार रहेको र आयोजक राष्ट्रको रुपमा यस्तो खेलको आयोजना गर्न पाउनु कतारी फुटबलको लागी गौरबको विषय भएको बताएको छ ।

नोभेम्वरमा युईएफका अध्यक्ष अलेक्जेन्डर सेफरिनले १६ टिम थप हुदा कतार विश्वकपमा धेरै खालको समस्या आउन सक्ने भन्दै यसलाई अव्वहारिक बताएका थिए ।

साउदी, युएई, बहराइनको नाकाबन्दी सामना गररहेको कतारलाई फिफको यो निर्णयले राहत पुगेको बीबीसीले जनाएको छ ।

४८ देश सहभागी भएको खण्डमा केही खेल छिमेकी देशमा लैजानु पर्ने अवस्था बन्न सक्थ्यो भने एकल आयोजा गरेर देखाउने कतारी तयारीमा धक्का लाग्न सक्थ्यो जसबाट कतार मुक्त भएको छ ।

-एजेन्सी

Write your Comment