बारा ।
कलैया उपमहानगरपालिकाले आफ्ना क्षेत्रमा पर्ने विद्यालयहरुको सिसिटिभि क्यामराको सहयोगमा निगरानी गर्ने भएको छ । कलैया उपमहानगरपालिका मेयर राजेश राय यादवले सिसिटिभि क्यामराको सहयोगमा विद्यायलको गतीविधी नगरपालिका कार्यालयबाटै निगरानी गरिने बताए । कलैया उपमहानगरपालिका–२४ स्थीत रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा जडित सिसिटिभि क्यामरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर यादवले भने, “विद्यालयहरुका गतीविधि अब नगरबाटै निगरानी हुन्छ” ।
मेयर यादवले मनहर्वा माध्यमिक विद्यालयलाई नगरकै उत्कृष्ट विद्यालय बनाउने उद्घोष गरे । विद्यालयमा क्यामरा जडान भएको छ । विद्यालयका गतीविधि अव नगरपालिका कार्यालयबाटै पनि निगरानी गर्ने छौ, मेयर यावदले भने । विद्यायलका लागि प्रयोगशाला, आवश्यक भौतिक शंरचना र शैक्षिक सामाग्रीमा लगानी गरिने प्रतिवद्धता जनाए ।
उपमहानगरपालिकाको रु ५ लाख रुपैंया आर्थीक सहयोगमा जडित सिसिटिभि क्यामरा जडान गरिएको हो । बुधबार विहान विद्यालय परिषरमा आयोजित कार्यक्रमका क्रममा प्रमुख अतिथी समेत रहेका मेयर यादवले क्यामरा जडित टिभिको स्वीच अन गरी उद्घाटन गरेका हुन् ।
उपमहानगरको अनुदानबाट विद्यालयले कम्पाउण्ड ,कार्यालय र २३ वटा कक्षा कोठाहरुमा सिसिटिभि क्यमरा जडान गरेको विद्यालयका प्रधानअध्यापक हरिकिशोर कुँवरले जानकारी दिए । विद्यालय परिषरमा हुने बद्मासी ,कक्षा कोठामा हुने लापरवाही निगरानी गरी शैक्षिक वातावरण बन्नेमा विस्वत छौ, उनले भने ।
विद्यालयल ब्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका निमित्त नगरपालिकाको अनुदान उपलब्धीमुल सावित हुने कलैया उपमहानगरपालिका २४का वडा अध्यक्ष हरिलाल चौधरीले बताए ।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं.२४का अध्यक्ष हरिलाल चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका १८ का अर्जुन प्रसाद दाहाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामदयादय प्रसाद चौधरी, पूर्व अध्यक्ष रामेश्वर भण्डारी लगायत विद्यालय ब्यवस्थापन समितिका पद्यादीकारीहरु सहभागिता रहेको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामदयादय प्रसाद चौधरी सभाध्यक्ष र शिक्षक महन्थ चौधरीको संचालनमा कार्यक्रम भएको हो ।
Write your Comment