परिक्षा बोर्डको लापरवाही : शुभारम्भ एकेडेमीका परिक्षार्थीको मुखैमा छाप

रातोघर

 ९ जेष्ठ २०७६, बिहीबार १४:२०  मा प्रकाशित
३५८ पाठक संख्या


सिमरा ।

राष्ट्रिय परिक्षा बोर्डले संचालन गरेको कक्षा ११ को परिक्षाका परिक्षार्थीको प्रवेश पत्रमा मनोमानी रुपमा बिद्यार्थीको मुखै छोपीने गरी छाप लगाइएको भेटिएको छ ।
बाराको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय सिमरा केन्द्रमा यस्ता प्रवेशपत्रहरु भेटिएका हुन् । प्रवेश पत्रको फोटो टाँस गर्ने स्थानमा नै बिद्यार्थीको मुखाकृती नबिग्रने गरी हस्ताक्षर र छाप लगाउनुपर्ने भनी लेखिएकोमा बिद्यार्थीको अनुहार नै नचिनिने गरी राष्ट्रिय परिक्षा बोर्ड हेटौँडा कार्यालयले मुखाकृती बिग्रने गरी छाप लगाएर बिद्यालयमा प्रवेश पत्र पठाएको छ ।

प्रवेश पत्रमा बिद्यार्थीको मुखाकृती वा फोटो टाँस गरी नक्कली बिद्यार्थीले परिक्षा दिन सक्ने अवस्थालाई निरुत्साहित गर्न फोटो टाँस गरिएपनी बोर्डले मनोमानी मुखाकृती बिग्रने गरी छाप लगाएको भेटिएको छ ।

अनुसन्धानको क्रममा बिशेषगरी सिमरा शुभारम्भ एकेडेमीका अधिकाँश परिक्षार्थीको मृखाकृती बिग्रनेगरी बोर्डबाट छाप लगाइएको भेटिएको छ । बोर्डमा छाप लगाउने कर्मचारीले एकेडेमीसंगको मिलोमतोमा बिद्यार्थी नचिनिनेगरी छाप लगाएर पठाएको हुन सक्ने कतिपयको बुझाई छ ।

तर यसरी बोर्डबाटै मुखाकृती बिग्रिनेगरी छाप लगाएर पठाएपछी परिक्षार्थी पहिचार गर्न समस्या भएको बिद्यालयको भनाई छ ।
यता राष्ट्रिय परिक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख कृष्ण घिमिरेले यस बिषयमा गैरजिम्मेवार प्रतिकृता दिएका छन् । उनले आफ्ना कर्मचारीको छाप लगाउँदा ढंग नपुर्याएका कारण यो समस्या आएको बताए ।

‘म भर्खर कार्यालय प्रमुखमा आएको छु, कर्मचारीले ढंग पुर्याएनन् होला,’ उनले भने, ‘यो ठुलो समस्या पनी होइन, हामीबाट कुनै बिद्यालयसंगको मिलोमतोमा त्यसो गरिएको छैन ।’

यसअघि पनी सिमरामा रहेको शुभारम्भ एकेडेमीले अन्यौलका बिच परिक्षार्थीलाई परिक्षामा सहभागी गराएको थियो ।
आफु पढेको बिद्यालय खोज््दै परिक्षा दिन आउने बिद्यार्थीले परिक्षा केन्द्रमा अर्कै बिद्यालयको नाममा आफ्नो नाम भेटेपछी अन्योलमा पर्ने गरेका थिए ।
शुभारम्भ कलेजका नाममा स्नातक तहको सम्बन्धन लिएको सो कलेजले पछी कक्षा ११ र १२ का बिद्यार्थीलाई समेत भर्ना शुल्क अशुली गरी अन्य बिद्यालयबाट परिक्षामा सहभागी गराउँदा बिद्यार्थी अन्योलमा परेका थिए ।

उसले सिमराकै एक अर्को सम्बन्धन प्राप्त उच्च माध्यामिक बिद्यालयबाट बिद्यार्थीलाई कक्षा ११ र १२ को परिक्षा आवेद फारम भराउने गरेको थियो ।
यसरी बिवादमा मुछिएको शुभारम्भले हाल सिमरा शुभारम्भ एकेडेमीका नाममा कक्षा ११ र १२ को कक्षा संचालन गरिरहेको छ ।
बोर्डको मातहतमा संचालन भएको कक्षा ११ र १२ को परिक्षा वैशाख २९ गतेबाट शुरु भएको थियो ।

Write your Comment