भारतमा भाजपाले जित्दा वीरगञ्जमा नाराः ‘हरहर मोदी घरघर मोदी’

रातोघर

 १० जेष्ठ २०७६, शुक्रबार ०८:४९  मा प्रकाशित
३९७ पाठक संख्या



काठमाडौं ।

भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालेका छन्।

सहर परिक्रमा गर्दै विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ भने मिठाइ पनि बाडिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जितको खुसीयालीमा विश्व हिन्दू संगठन ओईसही नागरिक समाजले र्‍याली निकालेका हुन्। र्‍यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए।

-nagarikdainik

Write your Comment