पत्रकार लाेपार्ने इटहरीका मेयरलाई ४८ घण्टे अल्टिमेटम

रातोघर

 ११ जेष्ठ २०७६, शनिबार १८:४३  मा प्रकाशित
२१३ पाठक संख्या



इटहरी ।

उप–महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रविरोधी अभिव्यक्ति दिँदै हिँडेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । स्थानीय सरकारको प्रमुखजस्तो पदमा आसिन व्यक्तिले नागरिकका पक्षमा लेख्ने पत्रकारलाई निशाना बनाउनु आपत्तिजनक भएको महासंघको ठहर छ ।

पत्रकार महासंघ सुनसरीले शनिबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई दुर्व्यवहारप्रति माफी माग्न र प्रेसप्रतिको दुष्टिकोण सार्वजनिक गर्न ४८ घण्टे अल्टिमेटमसमेत दिएको छ ।

समाचार संकलनको लागि प्रतिक्रिया लिन पुगेका पत्रकारद्वय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई मेयरले दुव्र्यवहार गर्नु र फेरि विभिन्न सञ्चार माध्यमका पत्रकारलाई निशाना बनाएर अभिव्यक्ति दिनुले स्थानीय सरकारको प्रेसप्रतिको दुष्टिकोणमै प्रश्न उठेको महासंघको बुझाइ छ ।

-shilapatra

Write your Comment