आगलागी पिडितलाई साना किसानको सहयोग

रातोघर

 ११ जेष्ठ २०७६, शनिबार २१:२८  मा प्रकाशित
२२६ पाठक संख्या



मनहर्वा (बारा) ।
जीतपुरसिमरा उपमहानगरपालिका˗१८, स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आगलागी पिडित आफ्ना ३ सदस्यलाई आर्थीक सहयोग गरेको छ ।
संस्थाले एक कार्यक्रमको आयोजना गरी आगलागी पिडित सदस्यहरुलाई जनही ५ हजार रुपँैयाका दरले रकम प्रदान गरेको हो । आर्थीक सहयोग पाउनेमा जीतपुरसिमरा उपमहानगरपालिका˗१८ की कृष्ण देवी जर्गा, यम कुमारी गुरुङ्ग र सोही वडाकी लक्ष्मी माया फुँयाल गरी एकवडाका ३ जना रहेको संस्थाले जनाएको छ ।
संस्थाकी अध्यक्ष नयनकला खड्का र उपाध्यक्ष फूलकुमारी बस्नेतले आगलागी पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
बडहर्वा माथ्लो टोलाकी यम कुमारी गुरुङ्गको गत फागुुन २५ शनिवार भान्सा घरमा आगलागी भएको थियो । आगलागीमा परि गुरुङ्गको भान्साघरमा रहेका
मालसमान भाँडा वर्तन, अन्न , संचार समाग्री जलेर नष्ट हुँदा ५ लाख मूल्य बराबरको क्षेती भएको थियो ।
खाना पकाउने चुलोबाट आगो घरमा सल्किँदा आगलागी भएको पिडित गुरुङ्गले बताईन् ।
त्यस्तै कुस्माडीकी फूँयालको फागुुन २९ विहान बिद्युत सर्ट भई गोठघरमा आगलागी हुँदा दुईतले गोठ र त्यहाँ रहेका फर्निचर सहित १ लाख २० बराबरको धनमाल जलेर नष्ट भएको थियो ।
बडहर्वा माथ्लो टोलाकै कृण्ण देवी जर्गाको चैत्र २५ गते राती खाना पकाउने ग्यास लिक भएर घरमा आगलागी हुँदा अन्न लत्ता कपडा, नगद सहित १० लाख रुपैया बढीको धनमालको क्षती भएको थियो । सहकारीले विपद्मा परेका आफ्ना सदस्यहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

Write your Comment