सिमरा ।
सिमरा स् बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको छैठौँ बार्षिकोत्सवका अवसरमा निःशुल्क स्त्री रोग परिक्षण शिविर सम्पन्न भएको छ ।
आगामी जेठ १५ गते छैठौँ बार्षिकोत्सव मनाउने निर्णय गरेको सँस्थाले बार्षिकोत्सवको पूर्वसन्ध्यमा महिलाहरुका लागी निःशुल्क स्त्री रोग परिक्षण शिविर आयोजना गरेको हो । नेपाल राष्ट्रिय मा बि औराहाको प्राङ्गणमा सम्पन्न शिविरमा स्त्री रोग बिशेषज्ञ डा। रुबिना ताम्राकार गुरुङले महिलाहरुको स्वास्थ्य परिक्षण गरेकी थिईन् ।
एभरग्रिन तराई हस्पिटल सिमराको सहजिकरणमा आयोजना गरिएको उक्त शिविरमा ६२ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएको आयोजक सँस्थाका ब्यवस्थापक नबिन खड्काले जानकारी दिए । शिविरमा चेकजाँचका क्रममा संक्रमित रोगीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।
यसैबिच, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल राष्ट्रिय माद्ययामिक बिद्यालय औराहलाई खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । शनिबार नै एक कार्यक्रमका बिच एक हजार लिटर क्षमता भएको ट्यांकी संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद भट्टलाई हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा बिद्यालयका प्राचार्य गणेश पौडेल, संस्थाका उपाध्यक्ष थानेश्वर उपाध्याय, सचिव भवन खड्का लगायतको उपस्थिति रहेको थियो ।
Write your Comment