बारा, पर्सामा बन्दको प्रभाव : बिद्यालय बन्द, यातायात आशिंक रुपमा सञ्चालन

रातोघर

 १३ जेष्ठ २०७६, सोमबार १३:३२  मा प्रकाशित
५०० पाठक संख्या



सिमरा ।

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बारा, पर्सा लगायत मध्येतराईको जनजिवन सामान्य प्रभाबित भएको छ ।

सोमबार केही निजि बिद्यालय बन्द गरिएका छन् । सडकमा सवारीको चाप समेत अन्य दिनको तुलनमा कम भएको छ । दैनिक हजारौँ सवारी आवतजावत गर्ने पथलैया वीरगञ्ज औधोगिक करिडोरलाई बन्दले प्रभाव पारेको छ ।

प्रदेश २ का बिभिन्न जिल्लाहरुबाट बाराको पथलैया हुँदै बाहिरिने लामो दुरीका सार्वजनिक सवारी साधनसमेत सोमबार चल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

केही छोटो दुरीका सार्वजनिक यातायात भने सञ्चालन भैरहेको कार्यालयले जानकारी दियो ।बन्दकै क्रममा एक भारतिय मालबाहक सवारीको साधनमा आगजनी समेत भएको छ ।

Write your Comment