बन्दकर्ताबिना नै हेटौँडामा बन्दको प्रभाव (फोटो फिचर)

रातोघर

 १३ जेष्ठ २०७६, सोमबार १३:३८  मा प्रकाशित
२१४ पाठक संख्या


मकवानपुर ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । मकवानपुरमा आज विहानै बम फेलापरेपछि स्थानीयहरु त्रसित बनेका थिए ।

बन्दका कारण मकवानपुरको सदरमुकाम हेटौंडापनि आज सुनसान देखिएको छ । व्यवसायिक सटरहरु बन्द छन् भने पेट्रोलपम्प र बैंकहरु पनि संचालनमा आएका छैनन् ।

बन्दका कारण निजी विद्यालयहरु समेत संचालन भएका छैनन् । स–साना सवारी साधान संचालनमा आएपनि मालबहाक सवारी भने संचालनमा आएको छैन ।
बन्दकर्ता कतै देखिएका छैनन् तर बन्दको प्रभाव भने देखिएको छ ।

हेर्नुहोस् फोटो

-tukhabar

Write your Comment