३५ हजार घुस लिने नासु र शाखा अधिकृत पक्राउ

रातोघर

 १३ जेष्ठ २०७६, सोमबार १८:४८  मा प्रकाशित
१९६ पाठक संख्या


भद्रपुर ।

झापाको भद्रपुरस्थित व्यवसायिक तथा शीप विकास तालिम केन्द्रका नायब सुब्बा राजकुमार धिमाल घुस रकमसहित पक्राउ परेका छन् ।

तालिम कार्यक्रम सञ्चालन गरेबापत रकम भुक्तानी गर्नका लागि सेवाग्राहीसँग लिएको ३५ हजार घुससहित नायव सुब्बा धिमाल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले धिमाललाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

उक्त घुस प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

-khabarhub

Write your Comment