ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु

रातोघर

 १३ जेष्ठ २०७६, सोमबार १८:५६  मा प्रकाशित
१२९ पाठक संख्या



मकवानपुर ।

मकवानपुरमा ट्रकमा करेन्ट सर्ट हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी कोगटे खोलानजिक ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका छन् ।

बाग्मती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी लिएर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाईनमा छुँदा करेन्ट सर्ट भई २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

करेन्ट लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाण्डौं पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।

-khabarhub

Write your Comment