काठमाडौं।
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाले काठमाडौंसहित देशभर भएका शृङ्खलावद्द विस्टका घटनाको जिम्मेवारी लिएको छ ।
विप्लवले आज साँझ बिज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको आयोजनामा भएको नेपाल बन्द सफल पार्न सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन् ।
बिज्ञप्तिमा १२ गते उपत्यकाका दुईस्थानमा भएको बिष्फोटमा आफ्ना कार्यकर्ताले ‘शहादत प्रप्त गरेको’ उल्लेख गरेर घटनामा आफ्नो संलग्नताको पुष्टि गरेका हुन् ।
उनले सरकारले फाँसीवादी चरित्र देखाएको र आफ्ना कार्यकर्ताको धरपकड विरोधमा बन्दको आव्हान गरेकाे जनाएका छन् ।
हेर्नुहोस बिज्ञप्ति
Write your Comment