प्रदेश २ : दुर्घटनामा दुई युवकको मृत्यु

रातोघर

 १४ जेष्ठ २०७६, मंगलवार ०६:४६  मा प्रकाशित
१५४ पाठक संख्या



राजविराज ।

तीब्र गतिमा गुडेका बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सोमबार साँझ दुई युवकको मृत्यु भएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका ६ देवधारस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.५ ख ४६९२ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको स.९प ६१८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।

दुर्घटनामा गम्भिर घाईते दुबै जनाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साँझ मृत्यु भएको एसपी्र विष्टले बताए।

Write your Comment