विप्लवप्रति सरकार झन् आक्रमक

रातोघर

 २०७६ जेष्ठ १४, मंगलबार  मा प्रकाशित
५०९ पाठक संख्या


काठमाडौं।

आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै राजनीतिक रुपमा नै प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार झन आक्रमक देखिएको छ ।

आइतबार नेकपाका नेता कार्यकर्ताले बोकेका र बनाउँदै गरेका बम शृंखलाबद्ध रुपमा विस्फोटको घटना पछि सरकार चन्द नेतृत्वको नेकपासँग झनै आक्रामक देखिएको हो । आइतबारको घटनापछि सरकारले सो समूहका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा रहन निर्देशन दिएको छ ।

बम बिस्फोटको घटनापछि चन्द नेतृत्वको दलको नियत नै वातावरणलाई भयभीत बनाउने र जनतालाई तर्साउने रहेको भन्दै सरकारले आफ्ना सुरक्षा अंगहरुलाई हाइ अलर्टमा रहन भनेको हो । गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायका प्रमुखहरुलाई सो निर्देशन दिएका हुन् ।

प्रहरीले समेत नयाँ रणनीतिसहित संकास्पद स्थानलाई उच्च निगरानीमा राखिएको जनाएको छ । यसैगरी राजधानी भित्रने नाकामा समेत प्रहरीले चेकजाँचलाई कडा बनाएको बताएको छ भने नाकाहरुमा तालिम प्राप्त कुकुरसमेत राखेको छ । यस्तै, सूचना संकलनका लागि सादा पोसाकमा समेत भन्दै प्रहरीले विशेष टोली खटाएको छ ।

Write your Comment