धनुषामा धामी बन्न अबोध बालकलाई बली,झाडीमा फेला पर्यो लाश

रातोघर

 १६ जेष्ठ २०७६, बिहीबार १२:२३  मा प्रकाशित
२३३ पाठक संख्या


जनकपुरधाम ।
धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा अढाई वर्षीय अवोध बालकको हत्या एक व्यक्तिले शक्तिशाली धामी बन्नकै लागि गरेको रहस्य खुलेको छ ।

स्थानीय शत्रुधन महतोलाई  प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा महतोले ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्या शक्तिशाली धामी बन्नकै लागि गरेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

बालक आर्यनको लाश घर नजिकैको झाडीमा वैशाख २५ गते फेला परेको थियो । २४ गते आर्यनको घरबाटै अपहरण गरेको महतो अन्धविश्वासमा परी शक्तिशाली धामी बन्न धारिलो हतियारले क्रुरतापूर्वक हत्या गरेको खुलेको छ । महतोमाथि कानून बमोजिम कारबाही प्रक्रिया प्रहरीले अगाडी बढाएको छ ।

-janakpurtoday

Write your Comment