प्रदेश २ मा सांसदको आचरण अनुगमन गर्न समिति

रातोघर

 १६ जेष्ठ २०७६, बिहीबार १२:३२  मा प्रकाशित
२३१ पाठक संख्या



जनकपुरधाम।

प्रदेश २ का सांसदको आचरण र व्यवहार अनुगमन गर्न समिति बनाइएको छ । प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यको आचरण र व्यवहार अनुगमन गर्न सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको हो ।

बैठकमा सभामुख यादवले पेस गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । समितिको उपसभापतिमा उपसभामुख उपमा देव छन् ।

समिति सदस्यमा सांसद रामाशिष यादव, सुरिता साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा र सावित्रीदेवी साह सदस्य  छन् । प्रदेशसभा सचिवलाई समितिको सदस्य सचिवमा राखिएको छ ।

यो समितिले सांसदहरुको आचरण र व्यवहार अनुगमन गर्दै गल्ती गर्नेलाई कारबाहीसमेत गर्न सक्नेछ ।

Write your Comment