सनी लियोनी नाचेको नेपाली फिल्म ‘पासवर्ड’ को रिलिज मिति सार्वजनिक

रातोघर

 १६ जेष्ठ २०७६, बिहीबार १२:५६  मा प्रकाशित
३४८ पाठक संख्या



 

काठमाडौं।

सनी लियोनीले एक गीतमा नाचेका कारण चर्चामा आएको फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो भदौ २७ गतेदेखि नेपालभर प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मलाई महंगो बजेटको फिल्म भनिएको छ । फिल्ममा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाम, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारको अभिनय छ ।

फिल्मको स्किृप्ट निर्देशक बस्नेतले नै तयार पारेका हुन् । एबी इन्टरनेशनलको ब्यानरमा बनेको यो फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

फिल्मलाई एक्सन थ्रीलरका साथै कमेडी पनि भनिएको छ । केही दिनमा फिल्मको गीत सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

-khabarhub

Write your Comment