मध्यवर्ती बनक्षेत्रबाट गोलीया काठ सहित साइकल बरामद

रातोघर

 १६ जेष्ठ २०७६, बिहीबार १४:१२  मा प्रकाशित
६४७ पाठक संख्या


सिमरा ।

बाराको मध्यवर्ती बन क्षेत्रबाट बुधबार सालको दुई थान गोलीया सहित एक साइकल बरामद गरिएको छ । बन क्षेत्रलाई थप प्रभावकारी ब्यवस्थापन गर्न बनेको जनहित चोरी शिकारी नियन्त्रण युवा जागरण उपसमितिको अनुगमनका क्रममा सो गोलीया बरामद गरिएको हो ।

पछिल्लो समय मध्यवर्ती बन क्षेत्रमा चोरीनिकासी बढेपछी जनहित उपभोक्ता समितीले नियन्त्रणका लागी सो उपसमिती गठन गरेको हो ।
अहिले सो चोरी शिकारी नियन्त्रण उपसमितीले बनमा नियमित गस्ती गर्ने गरेको बताएका छन् ।

बुधबार जनजागरण बन उपभोत्ता समिती अध्यक्ष तारा कार्की, चोरी शिकारी नियन्त्रणका अध्यक्ष दिपक लामा , सदस्य रबिन्द्र श्रेष्ठ लगाएतको गस्ती टोलीले जनजागरण बन समुहको क्षेत्रमा पर्ने देउरालीबाट साइकलमा लोड गरेर राखिएको अवस्थामा सालको दुई थान गोलीया बरामद गरेको बताइएको छ ।

Write your Comment