‘बाराको पर्यटन प्रवद्र्धन सम्भावना’ विषयक सिमरामा अन्र्तकृया

रातोघर

 १८ जेष्ठ २०७६, शनिबार २१:०२  मा प्रकाशित
६३२ पाठक संख्या



सिमरा ।

बाराको सिमरामा जिल्लामा पर्यटन प्रवद्र्धन सम्भावना विषयक अन्र्तकृया कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोग र साथी नेपाल काठमाण्डौको आयोजनामा भएको पहिलो दिनको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय पर्यटन विकासका लागि स्थानीयवासी नै सक्रिय हुनुपर्ने धारणा राखेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ बाराको समन्वयमा भएको पहिलो दिनको औपचारकि उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राईले बारा जिल्ला पर्यटन गन्तब्यको प्रचुर सम्भावना बोकेको जिल्ला भएको बताए ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामीछानेले पर्यटन विकासका लागि स्थानीयवासीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार कृष्ण सिग्देलले जीतपुरसिमरा क्षेत्रका पर्यटकीय सम्भावनाका बारेमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष पेशल मुल्मी, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष तारा कार्की, पत्रकार बसन्त खतिवडा, प्रकाश लम्साल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा १० वटा समुह बनाएर पर्यटकीय सम्भावनाका बारेमा छलफल गरी योजना प्रस्ताव गरिएको थियो ।
साथी नेपालकी अध्यक्ष सरिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिलक घलानले गरेका थिए ।
दुई दिनसम्म संचालन हुने कार्यक्रम शनिबार सिमराको होटल न्यु सगुनको सभाहलमा सम्पन्न भएको हो भने आइतबारको बिशेष कार्यक्रम अमलेखगञ्ज स्थित हात्तीबन रिर्सोटमा हने आयोजकले जानकारी दिएको छ ।

Write your Comment