अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित

रातोघर

 १९ जेष्ठ २०७६, आईतवार ०७:२९  मा प्रकाशित
४४७ पाठक संख्या


विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य मात्र ३ विकेट गुमाउँदै ९१ बल बाँकी रहँदा पूरा गर्दै अष्ट्रलिया विजयी भएको हो ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ३८ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८ रन बनाउन सक्यो । अफानिस्तानकालागि नजिबुल्लाह जदरानले सर्वाधिक ५१ रन बनाए । रहमत शाहले ४३ रनको योगदान गरे भने कप्तान गुलबादिन नाइब ३१ र राशिद खानले २७ रन बनाए । अष्टे«लियाका प्याट कुमिन्स र एडम जाम्पाले समान ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए भने मिचेल स्टारकले १ विकेट लिए ।

२ सय ९ रनको विजय लक्ष्य पछ्याएको अष्टे«लियाले ३४ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटायो । अष्टे«लियाको पहिलो विकेटकालागि ९६ रनको साझेदारी गर्दै प्रारम्भिक व्याट्म्यान द्वय एरोन फिन्च र डेविड वार्नरले क्रमश ६६ र ८९ रन बनाए । बल टेम्परिङको आरोपमा भएको निलम्बन फुकुवा पछि पहिलो पटक खेलेका वार्नर नट आउट रहे । उस्मान ख्वाजा र स्टिभ स्मिथले क्रमशः १५ र १८ रन बनाए भने ग्लेन म्याक्सले ४ रनमा नटआउट रहे ।

अफगानिस्तानकालागि मुजिब रहमान, गुलबादिन नाइव र राशिद खानले एक एक विकेट लिए ।

Write your Comment