बन्दुक देखाएर खोला उत्खनन् , बाउछोरा पक्राउ

रातोघर

 १९ जेष्ठ २०७६, आईतवार ०७:५२  मा प्रकाशित
२४८ पाठक संख्या



जनकपुरधाम ।

बन्दुकको बलमा जबरजस्ती खोला उत्खनन गर्दै आएका बावुछोरा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ चित्रपुर बस्ने रामचन्द्र महतो र नीजको छोरा मनोज कुमार कुशवाहा र प्रमोद कुमार कुशवाहालाई अवैध बन्दुकसहित ईलाका प्रहरी कार्यालय ढल्केवरले पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान अटोमेटिक चाइनिज पेस्तोल र एक थान नलकटुवा बन्दुक बरामद भएको ईप्रका ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

पक्राउ परेकाहरुले अवैध बन्दुकको बलमा गाउँलेलाई डर त्रास देखाएरे जबरजस्ती खोला उत्खनन गरिरहेका थिए । गाउँलेले अवैध उत्खनन रोक्न जाँदा ती बावुछोराले बन्दुक देखाएपछि घटनाको जानकारी पाएका प्रहरीले उनीहरुलाई समातेका थिए । गाउँलेलाई धपाउन बन्दुक देखाएको बुझिएको छ ।

ति बाबुछोराको बटेश्वर गाउँपालिकामा रितिक नामक क्रसर उधोग सञ्चालन छ । अवैध हतियारसहित पक्राउ परेका बावुछोरा यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्नता खुलेको प्रनि राईले जानकारी दिए ।

उनीहरुलाई अवैध हातहतियार मुद्दा अन्तर्गत म्याद थप गरी थप कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

Write your Comment