काठमाडौं ।
आज देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो मौसममा आंशिकदेखि सामान्य बदली रहने र केहि पहाडी भूभागहरूका साथै पूर्वी तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
आइतबार राति पनि मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा हावा हुरी सहित वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
काठमाडौं उपत्यकामा पनि केहि दिनयतादेखि निरन्तर वर्षा भइरहेको छ । शनिवार साँझ काठमाडौं उपत्यकामा ठूलो पानी परेको थियो ।
Write your Comment